Subscribe via Email

9 November 2011

पृथ्वीको नजिक भएर जानेछ बिशाल एस्टेरोयड

खगोलशास्त्रिहरुको अनुसार चार सय मिटर चौडाई भएको एक एस्टेरोयड मंगलबार पृथ्वी को नजिक भएर जानेछ यो खगोलीय पिण्ड चन्द्रमाको तुलनामा पृथ्वीको धेरै नजिक हुनेछ| एस्टेरोयड २००५ वईयू ५५ पृथ्वीको सबैभन्दा नजिक २३.२८ जिएमटी मा पुग्नेछ . यो दुरी ३२५,००० किलोमिटर को हुनेछ |

यस्तो ठुलो  आकार को एस्टेरोयड अब फेरी २०२८ मा पृथ्वी को जनिक भएर जानेछ

एउटा बिमान को जत्रो आकार मा देखिने यो खगोलीय पिण्ड वेवलंथमा गहिरो रंग को र गोलाकार हुनेछ | यसले हरेक २० घण्टा मा पृथ्वी को १ चक्कर लगाउने छ  | यसले सोमबार सम्ममा पुरै आकाश को बाटो पुरा गर्ने छ | यसबाट पृथ्वीलाई कुनै खतरा हुनेछैन र यसलाई बिना कुनै यन्त्र नाङ्गो आखाले देख्न सकिनेछैन | नासा को लांस बेनर थप जानकारी दिदै भन्नु हुन्छ  “ हाम्रो गणितिय हिसाब ले सयौ बर्ष सम्म २००५ वईयू ५५ पृथ्वी संग ठोक्किन सक्दैन “