सफ्टवेर भर्जन : ४.३.२
IOS 4.3.2 अपडेट गर्ने हरुको लागि आवश्यक सुझाव यदी तपाईहरु आइफोन अनलक पनि गर्नु हुदैछ भने IOS 4.3.2 मा उनलक नहुने भएकाले यस मा ipad बेसब्याण प्रयोग गर्नु होला |
UNLOCKER हरुको लागि महत्वपुर्ण :
यस प्रक्रिया मा तपाई आफ्नो basband ०६.१५ भर्जन मा अपडेट गर्न पर्नेछ | यदी तपाइँहरु ०५.१४ वा ०५.१५ वा यो भन्दा पनि माथिल्लो भर्जन मा हुनु हुन्छ भने ? यदी तपाई हरु jailbreak मत्त्रै गर्दै हुनु हुन्छ भने ipad basband अपडेट गर्नु पर्दैन | कृपया उल्लेखित कुराहरु ध्यान दिनु होला तपाई के गर्दै हुनु हुन्छ |
१. basband ०६.१५ बाट तल downgrade गर्ने कुनै उपाय छैन अनि यहाँ apple को कुनै basband लुकाइएको छैन. तपाई आफ्नो स्पस्ट तरिकाले warranty तोड्नु हुनेछ |
२. यदी भविष्यमा कुनै basband आवश्यक सच्याएर आउछ र त्यो basband भर्जन ०५.x.x भन्दा तल छ भने तपाइँ आफ्नो आइफोन अपडेट गर्न असमर्थ हुनुहुनेछ वा तपाई आफ्नो आइफोन अनलक नै राख्न चाहनु हुन्छ भने पनि त्यो अपडेट गर्न सक्नु हुने छैन |
३. यदि आइफोन FIRMWARE भर्जन ४.२.१ मा ०६.१५ BASBAND छ भने तपाई कहिल्यै पनि restore गर्न सक्नु हुने छैन |
४. भनिन्छ ०६.१५ मा तपाइको GPS निष्क्रिय हुनसक्छ iphone ( DEV TEAM ) यो समस्या समाधान मा लागिरहेको छ |
iphone अपडेट नगर्नु यदि तपाइँ लाई यसको आवश्यक छैन भने तर तपाई लाई अफ्नो आइफोन अनलक गर्नु छ basband ०५.१४ वा ०५.१३ मा अड्किनु भएको छ भने र स्वयं जोखिम बहन गर्न तयार हुनु हुन्छ भने मात्र ०६.१५ मा अपडेट गर्नु होला | यदि तपाइँको आइफोन पहिले नै unlockable र तल्लो firmware मा छ र ४.२.३ मा अपडेट गर्न चाहनुहुन्छ भने Pwnage tool प्रयोग गर्न सक्नु हुन्छ त्यो पनि बिना आफ्नो basband अपडेट नगरी
पहिलो चरण :
Pwnage नाम दिएर आफ्नो कप्युटर डेकस्टप् मा फोल्डर बनाउनुहोस
दिईएको लिंक बाट Redsn0w र नयाँ firmware ४.३.२ डाउनलोड गर्नुहोस र Pwnage नाम दिईएको फोल्डर मा राख्नुहोस
Redsn0w
4.3.2 ( 3GS ) iPhone2,1_4.3.2_8H7_Restore.ispw
सोहि फोल्डर मा Redsn0w जिप फाइल अनजिप गर्नुहोस.
दोस्रो चरण :
तपाईको आइफोन कप्युटर मा जोड्नु होस् र Itunes ओपन गर्नुहोस
दाहिने रहेको डिभाइस लिस्ट बाट तपाइको आइफोन छनोट गर्नुहोस अब किबोर्ड मा Shift बटन दबाई क्रमश Itunes स्क्रीन मा Restore बटन क्लिक गर्नुहोस यसो गर्दा आइफोनको कुनै पनि मेमोरी क्षमता नस्ट हुदैन |
डाउनलोड गरि राखिएको Pwnage फोल्डर मा गई Firmware ४.३.२ छनोट गरि ओपन गर्नुस
तेस्रो चरण :
जब itunes मा छनोट गरिएको Firmware अपडेटिंग पुरा हभएपछि डेस्टप मा भएको Pwnage फोल्डर बाट Redsn0w.exe डबल क्लिक गरेर ओपन गर्नुहोस | जुन हामीले पहिले नै Unzip गरेका थियौ |
चौथो चरण :
Redsn0w.exe ओपन भए पनि Browse बटन क्लिक्क गर्नुहोस |
पाचौं चरण :
Pwnage फोल्डर मा राखिएको ४.३.२ firmware छनौट गर्नुहोस र ओपन गर्नुहोस
तब तपाई नयाँ मोडलको मा हुनुहुन्छ वा छैन भनेर प्रश्न सोधिने छ यदि हुनु हुन्छ भने YES मा क्लिक गर्नुहोस अन्यथा NO मा क्लिक गर्नुहोस
छैटौ चरण :
जब आइफोन FIRMWARE VERIFIED ( शुनिश्चित ) हुन्छ अगाडी बढ्नको लागि NEXT बटन थिच्नुहोस |
सातौ चरण :
यो चरण मा Redsn0w ले Jailbrak गर्ने डाटा तयार गर्दछ |
त्यसपछि तपाई कसरी jailbreak गर्ने र के के सुबिधा राख्ने छनौट गर्न सक्नु हुन्छ
Verbose boot आइफोन बुट हुदा सबै detail देखाउछ जुन केवल software Devlopers र Advanced प्रयोग कर्ता हरुको लागि मात्र उपयुक्त हुन्छ र त्यसमा Install Cydia भन्ने अपसन् मा राईट चिन्ह लागिएको निश्चित गर्नुहोस |
जब तपाई प्रत्येक Custom Boot logo र Custom Recovery Logo मा राईट चिन्ह लगाउनु हुन्छ Image छनोट गर्नुस भनिएको एउटा Dailog Box ओपन हुन्छ र तपाईले प्रयोग गर्न चाहानु हुने Image को छनोट गर्नुस
:- याद राख्नुहोस प्रत्येक logoको लागि Image हरु RGB or Grayscale format संगको alpha channel र नाप 320x480 भन्दा तल हुनु पर्नेछ
यदि तपाइले येस्तो चेतवानी देख्दै हुनु हुन्छ " के तपाइँ आफ्नो आइफोन अनलक गर्न basband अपडेट गरि IPAD Basband ६.१५ बनाउन चाहनुहुन्छ त्येसो हो भने install ipad basband अपसनमा ठिक चिन्ह लगाउनु होस् र शुनिश्चित गर्न को लागि YES बटन मा क्लिक गर्नुहोस
आन्यथा आगाडी बढ्नको लागि NEXT बटन थिच्नुहोस
अब आइफोन तपाईको कम्प्युटर मा जोड्नुहोस र निश्चित गर्नुहोस आइफोन पुरा अफ छ | र NEXT बटन थिच्नु होस्
अब Redsn0w तपाईलाई आइफोन कसरी DFU mood मा राख्ने भने देखाउछ | अरु मद्दत को लागि तपाई यो लिंक मा क्लिक गरेर हेर्न सक्नु हुनेछ | - DFU Mood
सुरुमा पावर बटन २ सेकेन्ड सम्म को लागि थिच्नु होस्
त्यसपछि १० सेकेन्ड समको लागि होम बटन र पावर बटन एकैचोटी थिचिराख्नु होला
अन्त मा मात्र पावर बटन छोडी होम बटन थिचीरख्नु होला जब सम्म Redsn0w मा आइफोन DFU mood मा छ भनेर देखाउदैन
आघारौ चरण :
अब तपाइको आइफोन Reboot हुन्छ |
बाह्रौ चरण :
अब Redsn0w ले नयाँ RAM Disk र Kernel अपलोड गर्न शुरु गर्दछ
तेह्रौ चरण :
जब यो पुरा हुन्छ Redsn0w ले Done भनेर देखाउछ finish बटन मा क्लिक गर्नुहोस | र जब तपाइको आइफोन rebooting सकिन्छ ( कम्तिमा ५ मिनेट वा सो भन्दा बडी ) तब तपाईंकोको आइफोन Jailbreak हुन्छ र आइफोन स्क्रीन मा cydia देख्न सक्नु हुनेछ |
- सधै जस्तो आइफोन DEV-TEAM र I0n1c लाई उनीहरुको कडा मेहनतको लागि धेरै धेरै धन्यवाद |
स्रोत : pandaapps