Subscribe via Email

17 September 2012

Free DNS प्रयोग गरि बढाऔं इन्टरनेटको स्पिड

इन्टरनेट चलाउनेहरुको लागि सनातन समस्या हो त्यसको स्पिड। विदेशको अवस्था जे भएपनि नेपालमा इन्टरनेट चलाउनेले सुस्तो डाउनलोड र अपलोडको हैरानी भोग्नु परिरहेको छ। द्रूत स्पिडका भनेका इन्टरनेट आम पहुँचमा छैन। एक घण्टामै सयौं रुपैंया सक्ने गरि इन्टरनेट चलाउने कुरा पनि भएन। सस्तोमा राम्रै स्पिड भएको भनेको नेपाल टेलिकमको एडीएसएल हो त्यसको स्पिडको कुनै भर छैन। कतिखेर हृवात्तै अपलोड अनि डाउनलोड हुन्छ। कतिखेर इन्टरनेटको लाइन नै। केबल र वाइफाइको अवस्था पनि त्यस्तै नै छ। १० १२ जनालाई सेयर गरेको हुन्छ त्यसैले स्पिडमा इन्टरनेट चलाउने भनेको मध्यरातमा मात्र हो। इन्टरनेटको स्पिड कम भएर हैरान हुनुभएकाहरुका लागि केही उपाय छन् इन्टरनेट स्पिड बढाउनका लागि। ती मध्येको एक हो Free DNS को प्रयोग। विभिन्न प्रख्यात वेब सेवा दिने कम्पनीहरुले Free DNS प्रयोगको सुविधा दिएका छन्, जसको प्रयोगले तपाइँको इन्टरनेटको स्पिडलाई बढाउन सकिन्छ। त्यसका लागि यि Free DNS को प्रयोग गर्नुहोस्।

1. Google DNS : -1
8.8.8.8
8.8.4.4

2. Open DNS :-
208.67.222.222
208.67.220.220

3. Norton DNS :-
198.153.192.1
198.153.194.1

4. Scrub IT :-
67.138.54.100 207.225.209.66

5. DNS Advantage :-
156.154.70.1
156.154.71.1

 

 

 

 

2

कसरी गर्ने ?

यदी तपाइँ विन्डोज एक्सपी चलाउनुहुन्छ भने कम्प्युटरको होम स्क्रिनमा रहेको स्टार्टमा जानुस् त्यसपछि My Network Placesमा जानुस। त्यसपछि View Network Connections मा। त्यहाँ रहेका Wireless Network Connection वा Local Area Connection मध्ये एकमा Right Click गरि Properties मा क्लिक गरि देखिने विण्डोमा Internet Protocol (TCP/IP) मा जानुहोस्। जहाँ क्लिक गरेपछि तल देखिने Properties मा जानुहोस् जहाँ नयाँ विण्डोमा Obtain DNS server address automatically र Use the following DNS server addresses भन्ने देखिन्छ। त्यसमध्ये Use the following DNS server addresses मा क्लिक गर्नुहोस्। त्यसपछि देखिने खाली ठाउँमा माथिका पाँच मध्ये कुनै पनि Free DNS राख्नुहोस्। त्यसपछि अनुभव गर्नुहुनेछ इन्टरनेटको स्पिड बढेको।

यदी एक्सपी नभएर विण्डोज सेभेन चलाउनु भएको छ भने। कम्प्युटरको होम स्क्रिनको Start मा किलक गरि कन्ट्रोल प्यानलबाट Network and Internet त्यसपछि View Network Status and Tasks र Network and Sharing Center मा जानुहोस्। त्यसपछि Local Area Connection वा Wireless Network Connection मा क्लिक गरेर त्यसमा देखिने विण्डोको Properties मा क्लिक गर्नुहोस्। त्यसपछि खुल्ने विण्डोमा देखिने Internet Protocol Version 4 (TCP/IPv4) मा क्लिक गर्नुहोस् जहाँको Properties मा क्लिक गरी Obtain DNS server address automatically र Use the following DNS server addresses मध्ये Use the following DNS server addresses छानि खाली ठाउँमा यी 8.8.8.8 र 8.8.4.4 नम्बर हाल्नुहोस्। त्यसपछि ओके र सेभ गरेर इन्टरनेटको स्पिड बढेको अनुभव गर्नुहोस्।

स्रोत : दुरसंचार.कम