Subscribe via Email

1 August 2011

फिफाले गोललाइन प्रविधि प्रयोग गर्न दिने

रियो द जेनेरियो , २३ साउन : बिश्व फुटबल महासंग ( फिफा ) का अध्यक्ष सेप ब्लाटरले इंग्लिस प्रिमियर लिग वा अरु कुनै क्लबस्तरीय प्रतियोगितामा गोललाइन प्रविधि प्रयोग गर्न दिईने बताएका छन् | फिफाले गोललाइन प्रविधिको छनौटको  आन्तिम मिति भने आगामी मार्चमा तोकेको छ | फिफाले गोललाइन प्रविधिको आन्तिम छनौट गरेपछी ब्राजिलमा सन् २०१४ मा आयोजना हुने विश्वकपमा पनि त्यसको प्रयोग गर्न सकिने ब्लाटरले बताए | यसका अतिरिक्त कुनै पनि लिगमा कुनै पनि राष्ट्रले यो प्रविधिलाई प्रयोग गर्न सक्ने जानकारी पनि उसले दिए |adidas_teamgeist_2_1

         यसअघि इंग्लिस प्रिमियर लिगले आगामी २०१२/१३ को सिजनका लागि गोललाइन प्रविधि प्रयोग गर्ने बताएको थियो | ‘ फिफाले प्रविधिको छनोट गरेपछि जुनसुकै खेलमा त्यसको प्रयोग गर्न सकिनेछ ‘ ब्लाटरले भने | गोललाइन प्रविधिको विपक्षमा रहेका ब्लाटर दक्षिण अफ्रिका विश्वकपपछि फुटबलमा गोललाइन प्रविधि भित्र्याउन सहमत भएका थिए | उक्त विश्वकपमा रेफ्रीको गलत निर्णयका कारण इंङल्याण्ड समुहगत चरणबाटै  घर फर्किएको थियो |  रेफ्रीको गलत निर्णयका कारण ईङ्ल्याण्ड विश्वकपको समुहगत चरणबाटै घर फर्किएपछि फिफा आध्यक्ष ब्लाटर ले सार्वजनिक रुपमा माफी मागे पनि खेलको निर्णयमा भने परिवर्तन गरिएको थियो | सोही विश्वकपपछि ब्लाटर फुटबलमा गोललाइन प्रविधि भित्र्याउन सहमत भएका थिए |

       फिफाले हाल विभिन्न कम्पनीले तयार गरेको नौवटा गोललाइन प्रविधि छनोट गरि अनुसन्धान प्रक्रिया आगाडी बढाईसकेको छ | नौवटै ‘गोललाइन प्रविधि ‘ युरोपकै भएपनि फिफाले कसले निर्माण गरेको भनेर खुलाएको छैन | सबै ‘ गोललाइन प्रविधि लाई स्विस फेडरल ल्याबोटोरिज़ फर म्याटरियल साईन्स एण्ड टेक्नोलोजीले  तिन महिना परिक्षण गर्नेछ | फिफाको नियम बनाउने समितिले आगामी मार्चमा उक्त प्रविधिको अवोलोकन गर्नेछ | यसबाट सर्वोत्कृष्ट छानिएका प्रविधिलाई दोस्रो चरणको परिक्षणका लागि छनोट गर्नेछ | फिफाले गोललाइन प्रविधिका लागि खेलाडीले गोल प्रहार गरेको राम्रोसंग देखिनुपर्ने तथा प्रहारको एक्युरेसीदेखि लिएर गोलको हरेक पाटोको भिडियो विश्लेषणलाई प्रविधिले देखाउनुपर्ने उल्लेख गरेको छ | फिफाले गोल गरेको एक सेकेन्डभित्र रेफ्रीले गोल भएको थाहा पाउनुपर्ने सर्त पनि राखेको छ |

स्रोत : अन्नपूर्ण  पोष्ट ( राष्ट्रिय दैनिक  )