Subscribe via Email

31 May 2009

नेपालका रकरहरु

हिजोआज नेपालमा हार्ड रक,ब्लुजरक,लोकरक,हेभिरक र स्लेरक जस्ता शैलिका ब्यान्ड स्थापना भएका छन यस्ता रकलाई सांगीतिक दुनियांको एक पाटोको रूपमै लिन थालिएको पाहिन्छ
देव राना उनलाई देशकै सबैभन्दा पुरानो ड्र्मरका रुपमा चिनिन्छन उमेरले साढ़े पाँच दशक पार गरिसकेपनि उनीभित्त्र अझै तारुनो जोश छ ड्रेसअप युवापुस्ताका भन्दा फरक छैन उनको
देवको दुबै कानमा आझै सेता मुंद्रा टल्किरहेका छन नेपालमा लामो समयसम्म ड्र्ममात्र बजाईरहने ब्यक्तिहरु मध्ये पर्छन उनी देवले ड्रम बजाउने गरेको ब्यान्ड थियो प्रिज्म सन् १९७८ मा जन्मेको प्रिज्म नेपाली रकब्यन्डको इतिहसमा पहिलो ब्यान्ड हो यसका सर्जक थिए , दिनेश राई, पेम्बा लेप्चा ,जर्ज सुब्बा र प्रल्लाद रोका .
गजबको कुरा के छ भने सन् १९७८ मा ब्यान्ड स्थापना गर्दा उनिहरु संग कुनै बधवादन थिएन रे 'सन् १९८० तिर नेपालमा हिप्पी म्यूजिक चलिरहेको थियो कठमाडौंका सडकमा हिप्पिहरू धेरै भेटिन्थे माया प्रेम र सदभावाको सन्देश सन्देश दिनेखालको थियो उनिहरुको संगीत तर हिडडुल गर्ने शैली आतिनै जंगली देखिन्थ्यो उनिहरु बौलाहा हो की साधूजस्तो भएर पो डुल्थे रे तर नेपाली रकसंगीतलई यहाँ सम्म ल्याउनमा तिनै हिप्पी हरुको ठुलो योगदान रहेछ प्रिज्म सबिभन्दा जेठो त भयो तर सो ब्यान्ड्ले आहिलेसम्म कुनै पानि एल्बम बजारमा ल्याएको उनिहरु धेरै जसो होटल हरुमा नै लाइभ म्यूजिक प्रस्तुत गर्दथे
नेपालमा रक म्यूजिक भित्रयाउने पहिला रकरहरू दिनेश राई, पेम्बा लेप्चा,जर्ज सुब्बा,प्रल्लाद रोका र देव राना जस्ता ब्यक्ति थिए भने त्यस्को केही समय पछि दीपक थापा,मुक्ति शाक्य देखा परे प्रिज्म पछि अरू ब्यान्ड पनी जन्मिदै गए मुक्ति एन्ड रिभाइवल,कबवेब,नेपथ्यलगाएतका रक ब्यान्डको स्थापना हुदै गयो हिजो आज नेपालमा हार्ड रक,ब्लूज रक,लोकरक,हेभि रक र स्लेरक जस्ता शैलिका ब्यन्ड स्थापना भएका छन यस्ता रकलाई संगीतिक दुनियांको एक पाटोको रूपमै लिन थालिएको पाईन्छ रक म्यूजिक एउटा उद्योगको रुपमा नै स्थापित हुन लागेको छ रक गीत सुन्ने छुटैखालका स्रोत पनी छन तर यसका केही नाराम्रा पक्ष पनि नभएका भने होइनन कतिपय रकगीत नेपाली परिभेषमा मिल्ने खालका छैनन
प्रिज्मलाई पहिलो रक ब्यन्ड को रुपमा चिनिन्छ भने कुमार बस्नेत लाई पहिलो नेपाली रक गायक को नाम ले चिनिन्छ उनले सन् १९६९ तिर एउटा रकशैलिको गीत रिकर्ड गराएका थिए – "दिउँला यो जोवन तिमीलाई नै दिउँला"
नेपालमा यो नै पहिलो रक गीत थियो तर कुमार बस्नेत लाई नेपाली लोकगायकको रुपमा बढी चिनिन्छ प्रिज्म ले आफ्नो औपचारिक सुरुवातका बेला ब्रोदरहुड,रिभईभल,रेडियम,काठमान्डु काजजस्ता ब्यन्ड थिए तर ती ब्यान्ड्ले चर्चा कमाउन सकेनन येसैगरी सन् १९९३ मा केहि मेटलरक ब्यन्ड थापिए जसको नाम थियो कबवेब त्येसपछि नेपालमा मुक्ति एन्ड रिभाईवल,रोबिन एन्ड लुजाजास्ता ब्यन्ड थिए रोबिन तमाङले स्थापना गरेको ब्यन्ड नै पछि गएर रोबिन एन्ड द न्यू रिभोलुसन मा परिवर्तन भयो त्येतिबेला यी ब्यान्ड निकै ब्यस्त हुन्थे आहिले त नेपालमा रक ब्यान्ड को लिस्टमा धेरै ब्यान्ड पर्दछन ब्यवसायिक ब्यान्ड पनि छन ति ब्यान्ड आर्थिक हिसाबले निकै राम्रो मनिन्छ अहिले सम्म मा धेरै ब्यान्ड स्थापना भए संगै बिस्थापित पनि एउटै ब्यान्ड मा धेरै ब्यक्ति अदलबदल भए तर ब्यान्ड को नाम भने परिवर्तन भएन अहिले नेपाली रक संगीत क्षेत्रमा मा १९७४ एडिले छूटै पहिचान बनाएको छ यसले स्थापनाकालको १४ बर्ष पार गरिसकेको छ हुन त यो ब्यान्ड पनि संयोगवश नै स्थापना भएको थियो रे यो ब्यान्ड ले अहिले सम्ममा ८ ओटा एल्बम निकालिसकेको छ एक महिनाको बिचमा ३-४ स्थानमा कन्सर्ट गर्न पुग्छ यो ब्यान्ड 1974 AD ले एकपटकमा कन्सर्ट गर्दा एक लाख सम्म परिश्रमिक लिने गर्दछ
एउटा मात्र एल्बम निकलदा समेत निकै चर्चा कमाउन सफल ब्यान्ड हो,माउन्ट ८८४८ यसले एक पटक कन्सर्ट गर्दा ५०००० लिने गरेको पाईन्छ रक ब्यान्ड बारे चर्चा गर्दा रोबिन एन्ड दि न्यू रेभोलुसन लाई छुटाउन मिल्दैन यो ब्यान्ड ले देश को सबै ठाउँमा कन्सर्ट गरिसकेका छन नेपाली रक संगीत क्षेत्रमा महिलाको सहभागिता थोरै रहेको छ नेपालमा रक गीत गाउने पहिलो महिला आर्टिस्टको रुपमा अभाय सुब्बा लाई लिन सकिन्छ उनको ब्यान्डको नाम अभाय एन्ड स्टीम ईन्जनन्स थियो
पाछिल्लो समय मा निकै चर्चा कमाउन सफल नेअपाली रक ब्यन्ड हो स्याडोज यो ब्यन्ड १९९६ मा चितवनमा स्थापना भएको थियो तर अहिले अन्य रक भन्दा फरक खालको गीत प्रस्तुत गरेको छ यस ब्यन्ड ले स्याडोज का गीत माया प्रेम बारे नभएर सामाजिक बिषयबस्तु उठाएको पाहिन्छ स्याडोज ले अब आफ्नो नयाँ आउने एल्बममा नेपाली राजनितिज्ञलाई ब्यंग्य गर्ने खाले शब्द राख्न्ने भनिएको छ